PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

बाढी पहिरोमा परी भियतनाममा ५४ जनाको मृत्यु, कैयौँ प्रान्त जलमग्न



पहिलोपोस्ट

बाढी पहिरोमा परी भियतनाममा ५४ जनाको मृत्यु, कैयौँ प्रान्त जलमग्न
फोटो श्रोतः abc.net.au

हनोई : भियतनामका उत्तरी र मध्य क्षेत्रमा भारी वर्षापछिको बाढी पहिरोले जनजीवन अस्तव्यस्त बनाएको छ। बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ५४ पुगेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्। 

भीषण वर्षापछिको बाढी पहिरोमा परी कैयौँ वर्षयता आएका बाढी पहिरोभन्दा भयानक भएको बताइएको छ। वर्षा जारी रहेकाले उद्वारको कार्य निकै कठिन भएको जनाइएको छ। 

उत्तरी र मध्य क्षेत्रका कैयौँ प्रान्तमा परेको भारी वर्षाबाट अझै पनि ३९ जना नागरिक हराइरहेका अधिकारीहरुले जानकारी दिएका छन्। 

यसैबीच मौसम विज्ञहरुले अर्को एक भीषण आँधी आफ्नो देशतर्फ आइरहेको चेतावनी दिएका छन्। यसका लागि सतर्क रहन नागरिकलाई आग्रह गरिएको छ।

हराइरहेका व्यक्ति जिवीतै भेटिने सम्भावना कम रहेको उद्वारकर्मीहरुले जनाएका छन्। भीषण वर्षाका कारण कतिपय बाँधहरू भत्किएका छन् भने ठाउँ ठाउँमा पहिरो गएको छ। 

हनोइको प्राकृतिक विपद् उद्धार तथा नियन्त्रण समितिले ठूलो मात्रामा जनधनको क्षति पुगेको बताएको छ । 

बाढीका कारण सबैभन्दा बढी प्रभावित हुनेमा होआ बिन प्रान्त रहेको छ। सो प्रान्तमा मात्र २६ जनाको ज्यान जानुको साथै केही व्यक्ति हराइरहेका छन्। 

त्यसैगरी मध्ये प्रान्त थान्ह होआ १४ को मृत्यु भएको हनोइको प्राकृतिक विपद् उद्धार तथा नियन्त्रणका अधिकारीहरुले जानकारी दिएका छन्। 

भियतनाममा यसै वर्षको सुरुमा पनि भारी वर्षा र आँधीका कारण करिब १ सय ७० जनाको मृत्यु भएको थियो। रासस/एएफपी
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell