PahiloPost

Sep 20, 2026 | ४ असोज २०८३

संसदको कार्यसूचीमै परेन चिकित्सा शिक्षा विधेयक 



सागर बुढाथोकी

संसदको कार्यसूचीमै परेन चिकित्सा शिक्षा विधेयक 

काठमाडौं :  दलहरुबीच सहमति नजुट्दा ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७३’ पास नहुने भएको छ। '
सभामुख ओनसरी घर्तीले डाकेको बैठकमा प्रमुख दलका शीर्ष नेताबीच सहमति  नजुटेपछि विधेयक संसदको कार्यसूचीबाट नै बाहिरिएको छ। 

सभामुख घर्तीले हिजो विधेयक पारित गर्न डाकेको बैठकमा नेकपा एमालेले असहमति जनाएको थियो।

आजको बैठक पनि विना निष्कर्ष टुंगिएको थियो। नयाँ सम्बन्धन, शिक्षण शुल्क र चिकित्सा शिक्षा आयोगजस्ता महत्वपूर्ण विषययमा एमाले सांसद विपक्षमा उभिएपछि विधेयक अलपत्र परेको हो। 

संसदले अन्तिम काम कारवाही आजै टुंग्याउँदै छ। आजको बैठकबाट औपचारिक कामकारवाही टुंग्याएर भोलिका लागि विशेष बैठक डाकिएको छ।

विधेयक पारित गर्न माग गर्दै आमरण अनशनरत डा. गोविन्द केसीले सभामुख घर्तीलाई विशेष अधिकार प्रयोग गर्न आग्रह गरेका थिए । तर दलीय सहमति नजुट्दा सभामुखको पहल निरर्थक बनेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell