काठमाडौं : नेपाल प्रहरीको उकृष्ट अनुसन्धान अधिकृतको सम्मान प्रहरी निरीक्षक अनिल ठकुरीलाई प्रदान गरिएको छ।
६२ औं प्रहरी दिवशका अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजना गरिएको विशेष समारोहमा प्रहरी निरीक्षक ठकुरीलाई यस वर्षको उत्कृष्ट प्रहरी अधिकृतका रुपमा पुरस्कार प्रदान गरिएको हो।
ठकुरी गतवर्ष लागूऔषध नियन्त्रण ब्यूरोले औषध बनाउन प्रयोग हुने सिउडोइफेड्रिक नामको पदार्थ आयत गरी लागूऔषध कारोबारीलाई बेचिरहेको रहस्यमय घटनालाई उदाङ्गो पार्न सफल भएका प्रहरी अधिकृत हुन्।
निरीक्षक ठकुरीको अनुसन्धानमा नै व्यवसायी घराना संघाई ग्रुपका प्रमुख रतन संघाइलाई लागूऔषधसहित पक्राउ गर्न प्रहरी सफल भएको थियो।
संघाईलाई लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले गतवर्षको साउनमा पक्राउ गरेको थियो।
प्रहरीले संघाईको कम्पनीबाट ४ सय ९२ किलोग्राम सिउडोइफेड्रिकसमेत बरामद गरेको थियो। लागूऔषध ब्यूरोमा कार्यरत ठकुरीले ८ वटा भन्दा बढी विभिन्न अप्रेशन गरी लागूऔषध तथा हातहतियारसमेत बरामद गर्न सफल भएका छन्।