काठमाडौँ : व्यवस्थापिका–संसद्को आजको बैठकले दोस्रो संविधानसभा निर्वाचन अध्ययन, अनुसन्धान तथा सुझाव संसदीय विशेष समितिले पेश गरेको प्रतिवेदन अनुमोदन गरेको छ।
समितिका सभापति लक्ष्मणलाल कर्णले आजको बैठकमा प्रतिवेदन पेश गर्दै आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउने सन्दर्भमा भविष्यका लागि उपयुक्त निर्वाचन प्रणाली अपनाउन विश्वका संसदीय व्यवस्थासमेतको अध्ययन गरी सैद्धान्तिक र नीतिगत सुझाव दिइएको जानकारी दिए।
दोस्रो संविधानसभाको निर्वाचन विसं २०७० मंसिर ४ मा भएकामा २०७१ जेठ ३० गतेको बैठकले नेकपा माओवादी केन्द्र र मधेस केन्द्रित दलको मागका आधारमा समिति गठन गरेको थियो। समितिको अवधि दुई पटक थप गरिएको थियो।रासस