PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

उप प्रधानमन्त्रीमा कमल थापासहित ८ मन्त्रीको भोलि सपथ



पहिलोपोस्ट

उप प्रधानमन्त्रीमा कमल थापासहित ८ मन्त्रीको भोलि सपथ

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपालाई सरकारमा भित्र्याएका छन्। पार्टी अध्यक्ष कमल थापालाई उप प्रधानमन्त्री सहित ८ मन्त्री भित्र्याएका देउवाले मन्त्रालय भने बाडफाट गरेका छैनन्। भोलि मन्त्रीहरुको सपथ गराइने कार्यक्रम तय गरिएको छ।

भोलिबाट संसदको म्याद सकिँदैछ। नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी गठबन्धन सहित वाम एकताको प्रयास अगाडि बढेपछि राजनीतिक रुपमा विपक्षी धारमा रहँदै आएको राप्रपासँग कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले सहकार्यका लागि सम्बन्ध अगाडि बढाएका थिए। 

राप्रपा फुटाउन भूमिका खेलको आरोप लगाउँदै आएका थापा पनि गठबन्धनलगत्तै नेपाली कांग्रेससँग सम्बन्ध सुधारका लागि तयार भएका हुन्। 

 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell