PahiloPost

Apr 2, 2026 | १९ चैत्र २०८२

दक्षिण कोरियाकी पूर्व राष्ट्रपति पार्कको कारावास सजाय ६ महिना थप गर्न अदालतको आदेश



पहिलोपोस्ट

दक्षिण कोरियाकी पूर्व राष्ट्रपति पार्कको कारावास सजाय ६ महिना थप गर्न अदालतको आदेश
फोटो श्रोतः cnn.com

सोल : दक्षिण कोरियाली एक अदालतले भ्रष्टाचार प्रकरणमा महाभियोगपछि संसद तथा अदालतबाट दोषी ठहर भई काराबास सजाय भोग्दै आएकी पूर्व राष्ट्रपति पार्क ग्युन हेको कारावास सजायलाई थप छ महिना बढाउने आदेश दिएको छ। 

कोरियाली संवैधानिक अदालतले घुस तथा पदीय आचरण विरोधी काम गरेको ठहर गर्दै पार्कमाथिको महाभियोगलाई अनुमोदन गर्दै यही वर्ष मार्च महिनाको अन्त्यमा छ महिनाका लागि हिरासतमा लिएको थियो। 

सोलको केन्द्रीय जिल्ला अदालतले पार्कलाई थप अनुसन्धानका लागि अर्को छ महिना हिरासतमा लिन शुक्रबार आदेश जारी गरेको छ। 

पार्क र उनका लामो समयदेखि निकट सहयोगी रहेका चोई सुन सिललाई भ्रष्टाचार प्रकरणमा नियन्त्रणमा लिइएको थियो। 

यस पहिलेको अदालतको निर्णय अनुसार पार्क आगामी सोमबार कैदमुक्त हुनु पर्ने थियो। दक्षिण कोरियाली संविधानअनुसार कुनै अपराधको शङ्का गरिएका व्यक्तिलाई अधिकतम छ महिना हिरासतमा राखी अनुसन्धान अघि बढाउन पाइन्छ। रासस/सिन्ह्वा
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell