PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

दक्षिण एसियाली जोरखाने नेपाललाई दुई कांस्य



पहिलोपोस्ट

दक्षिण एसियाली जोरखाने नेपाललाई दुई कांस्य

काठमाडौं : नेपालले प्रथम दक्षिण एसियाली जोरखाने तथा कुस्ती पेहलवानी प्रतियोगिताअन्तर्गत जोरखानेमा शुक्रबार दुई कांस्य जितेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगिताको कबाडेहमा नेपालका राजु महर्जनले कांस्य जिते। बंगलादेश पहिलो र अफगानिस्तान दोश्रो भए।

नेपाल जोरखाने खेलकुद संघद्वारा आयोजित प्रतियोगिताको चर्खा चामिनीमा रोजित महर्जनले नेपाललाई अर्को कांस्य दिलाए। अफ्गानिस्तानले स्वर्ण र बंगलादेशले रजत हात पारे।

दुईदिने प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, श्रीलंका, भुटान, माल्दिभ्स, पाकिस्तान र अफगानिस्तान गरी ८ राष्ट्रका ५६ खेलाडीले विभिन्न १२ स्पर्धामा प्रतिस्पर्धा गरिरहेको आयोजक जोरखाने संघका महासचिव रवि घिमिरेले जनाएका छन्।

प्रतियोगिताको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका थिए। उक्त अवसरमा अन्तर्राष्ट्रिय जोरखाने खेलकुद महासंघका अध्यक्ष एवं इरानका पूर्व उपराष्ट्रपति मोहसेन मिरालाडिभेज, राखेप सदस्य–सचिव केशवकुमार विष्ट, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell