
काठमाडौं : फ्युचर स्टार (डब्लुटीए) रेस टु सिंगापुरमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली आइतबार सिंगापुर जाँदैछ।
अक्टोबर १६ देखि २३ तारिखमा हुने प्रतियोगितामा एनी माथेमा र प्रेरणा कोइरालाले प्रतिस्पर्धा गर्नेछन्। प्रशिक्षकमा रेणुदेवी कोण्डा छिन्।
टोलीलाई अखिल नेपाल लनटेनिस संघकी अध्यक्ष ज्योति राणाले शुक्रबार बिदाइ गरिन्।