PahiloPost

Aug 6, 2026 | २१ साउन २०८३

विश्व जुनियर जुडो च्याम्पियनसिपमा नेपालका दुई खेलाडीले प्रतिस्पर्धा गर्ने



पहिलोपोस्ट

विश्व जुनियर जुडो च्याम्पियनसिपमा नेपालका दुई खेलाडीले प्रतिस्पर्धा गर्ने

काठमाडौं : क्रोएसियाको जाग्रेबमा हुने विश्व जुनियर जुडो च्याम्पियनसिपमा नेपालबाट दुई खेलाडी सहभागी हुने भएका छन्।

अक्टोबर १४ देखि २४ तारिखसम्म सञ्चालन हुने प्रतियोगिताको पुरुष ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठ र महिला ५७ केजीमुनि मनीता श्रेष्ठ प्रधानले नेपालको चुनौती प्रस्तुत गर्नेछन्। टिम व्यवस्थापकमा बाबुराजा महर्जन तथा प्रशिक्षकमा दलबहादुर गुरुङ छन्।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले शुक्रबार बिदाइ गरेका छन्।

टोली शनिबार बिहान ११:४५ बजे कतार एयरवेजबाट क्रोएसिया प्रस्थान गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell