PahiloPost

Apr 2, 2026 | १९ चैत्र २०८२

सरकारले डेंगु र स्क्रबटाइफस पत्ता लगाउने कीट खरिद गर्ने



पहिलोपोस्ट

सरकारले डेंगु र स्क्रबटाइफस पत्ता लगाउने कीट खरिद गर्ने

काठमाडौँ :  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डेंगु र स्क्रबटाइफस पत्ता लगाउने कीट खरिद गर्ने तयारी गरेको छ।

महाशाखाका निर्देशक डा भीम आचार्यले बाहिर हल्ला भएको जस्तो कीट अभाव नभएको बताए। उनले भने, “निकै धेरै होइन, केही मात्रामा अभाव भएको छ, हामीले आपूर्तिमा पाँच/पाँच हजार स्क्रबटाइफस पत्ता लगाउने कीट खरिदका लागि पत्राचार गरिसकेका छौँ, प्रक्रिया सुरु भइसकेको छ।” 

अघिल्लो वर्ष चार जनाको ज्यान लिएको डेंगु यो वर्ष दुई हजार २२ जनामा देखिएको छ। महाशाखाका अनुसार जनवरीदेखि हालसम्म १७ जिल्लामा देखिएकामा सर्लाही, महोत्तरी, धादिङ र चितवनमा सबैभन्दा बढी संक्रमित देखिएका छन्। गत वर्षभन्दा धेरै संक्रमित भए पनि कसैको मृत्यु नभएको निर्देशक आचार्यले बताए। 

गत वर्ष एक हजार ५०० व्यक्तिमा डेंगु देखिएको थियो। पानी परेन भने डेंगुका बिरामी घट्ने निर्देशक आचार्यले बताए। यसका कारण यो वर्ष नौ जनाको मृत्यु भएको छ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell