PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

मोरङ र नवलपरासीमा भएका छुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु, २८ घाइते



पहिलोपोस्ट

मोरङ : मोरङको पथरीशनिश्चरे–१० स्थित पूर्व–पश्चिम राजमार्गमा बसको ठक्करबाट आज बिहान एक जनाको मृत्यु भएको छ। 

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना५ख ४९६ नम्बरको बसको ठक्करबाट पैदलयात्री पथरीशनिश्चरे–१ का १५ वर्षीय सुमन सहनीको मृत्यु भएको हो। 

बसको ठक्करबाट गम्भीर घाइते सहनीलाई उपचारका लागि न्यूरो अस्पताल विराटनगर लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। 

त्यसैगरी, पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयीत्रिवेणी गाउँपालिकामा आज विहान सवारी दुर्घटना हुँदा २८ जना घाइते भएका छन्। 

काठमाडौँबाट नेपालगञ्जका लागि छुटेको ना५ख ३९६४ नम्बरको बस नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका–२ घिउखोला विश्वकर्माबाबा मन्दिर नजिक अनियन्त्रित भएर सडकबाट ३० फिट तल खसेर दुर्घटना भएको थियो । 

इलाका प्रहरी कार्यालय दुम्कीवासका अनुसार घाइते सबैको अवस्था सामान्य रहेको छ। घाइतेको भरतपुरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell