PahiloPost

Apr 2, 2026 | १९ चैत्र २०८२

किन दिए सामसुङ कम्पनीका प्रमुखले  राजिनामा ?



पहिलोपोस्ट

किन दिए सामसुङ कम्पनीका प्रमुखले  राजिनामा ?
फोटो श्रोतः thetimes.co.uk

सोलः विद्युतीय सामाग्री उत्पादन गर्ने दक्षिण कोरियाको ठूलो कम्पनी सामसुङ इलेक्ट्रोनिक्सका प्रमुखले पदबाट राजिनामा दिएका छन्। 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत क्वोन ओह ह्युनले प्रविधिको बढ्दो चुनौतीलाई सामना गर्न आफूले नसक्ने भएकाले नयाँ युवालाई अवसर दिनका लागि पद त्याग गरेको बताएका छन्। 

पदत्याग गर्नेबारे आफूले केही समयअघिदेखि नै सोचिरहेको र अहिले मात्रै कार्यान्वयनको चरणमा पुगेको उनको भनाइ छ। 

उनले कार्यकारी प्रमुखको जिम्मेवारी छोडेपछि कम्पनीको बोर्ड सदस्यमा भने सन् २०१८ सम्म रहिरहने कम्पनीले जनाएको छ। 

दक्षिण कोरियामा सामसुङ कम्पनीसँग सम्वन्धित झण्डै ६० वटा कम्पनीहरु रहेकाले देशको ठूलो व्यापारिक समूहमा पर्दछ। 

सामसुङ कम्पनीमा दक्ष कर्मचारीहरू एकपछि अर्को गरी पर्याप्त भएकाले उनको बहिर्गमनले कम्पनीको व्यापारमा खासै असर नपर्ने कम्पनीका उच्च अधिकारीहरूले बताएका छन्। रासस/सिन्ह्वा
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell