PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

इयू प्रमुख यङ्करले भने–इयूबाट बेलायतको बहिर्गमन प्रक्रिया लम्बिन सक्छ



पहिलोपोस्ट

इयू प्रमुख यङ्करले भने–इयूबाट बेलायतको बहिर्गमन प्रक्रिया लम्बिन सक्छ
फोटो श्रोतः telegraph.co.uk

लक्जेमवर्ग :  यूरोपियन यूनियन (इयू) आयोग प्रमुख जाँ क्लाउड यङ्करले ब्रेक्जिट व्यापार वार्ताका लागि पूर्व प्रतिवद्धता अनुरूप बेलायतले आर्थिक दायित्व बहन गर्नुपर्ने बताएका छन्। 

यङ्करले रेष्टुरेण्टमा गएर एक चरण रक्सी (वियर) खाएर बाहिरिने समूहले विल नतिर्ने कुरा नाजायज हुने तर्क गर्दै लक्जेम्वर्गको एक विश्वविद्यालयमा भएको कार्यक्रममा भने,‘बेलायतीहरूले दिनप्रतिदिन नयाँ समस्या आएको महसुस गरिरहेका छन्। त्यसैले बेलायतको बहिर्गमन प्रक्रिया पहिले सोचिएभन्दा लम्बिनसक्ने देखिएको छ।’ 

उनले भने,‘यदि तपाइँले एउटा होटेलमा बसेर २८ वटा वियर माग्नुभयो र एक्कासी तपाइँको कोही साथी केही वियर सकिएपछि बाहिरियो भने उसले होटेलको आर्थिक दायित्व बहन गर्ने कि नगर्ने ?’ 

उनले आफूले बेलायतसँग बदलाको भावले यो कुरा नउठाएको बताए।

उनले भने,‘यूरोपियनहरू उनीहरूसँग आभारी नै हुनुपर्छ किनकि विश्वयुद्धका समय, युद्ध पहिले र पछाडि पनि यूरोपका सवै मुलुकमा बेलायतीहरूले धेरै कुरा भित्राए। तर तिनीहरूले अहिले यूरोपलाई केही आर्थिक दायित्व व्यहोरेर सहयोग गर्नुपर्छ।’

लक्जेमवर्गका पूर्व प्रधानमन्त्रीसमेत रहेका यङ्करले बेलायतमा बसोबास गर्दै आएका नागरिकको अधिकारको विवाद अनावश्यक भएको बताए। रासस/एएफ्पी
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell