
बाजुरा : बाजुरको त्रिवेणी नगरपालिका–८ कालापानीमा खुकुरी र खुँडा प्रहारबाट दुई जनाको मृत्यु भएको छ।
खुकुरी प्रहारबाट सोही वडाका मोहन गिरीका छोरा २७ वर्षीय नौले र ३२ वर्षीय अर्जुन गिरीको मृत्यु भएको हो।
प्रहरीका अनुसार नौलेको घटनास्थलमै र अर्जुनको उपचारका क्रममा अछामको बयालपाटामा मृत्यु भएको हो। खुकुरी प्रहारबाट नरेश गिरी घाइते भएका निमित्त प्रहरी नायब उपरीक्षक जगदीश भट्टले जानकारी दिए।
भट्टका अनुसार दाइ मोहन र भाइ गोरखबीच जग्गाका विषयमा भनाभन हुँदा खुकुरी प्रहार भएको हो।
भाइ गोरखका तीन छोराले खुकुरी, खुँडा र फलामको पाइपले हानेर एकको घटनास्थलमा नै र अर्काको उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।
घाइतेको बूढीगंगा नगरपालिकास्थित बडीमालिका पोलिक्लिनिकमा उपचार भइरहेको छ। खुकुरी प्रहार गर्ने गोरख तथा उनका २० वर्षीय छोरा योगेन्द्र र १६ वर्षीय दिनेशलाई प्रहरीले नियन्त्रणमा लिएको छ।रासस