PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

विमलेन्द्र निधि धनुषा क्षेत्र नं ३ बाट उम्मेदवार सिफारिस



पहिलोपोस्ट

विमलेन्द्र निधि धनुषा क्षेत्र नं ३ बाट उम्मेदवार सिफारिस

धनुषा :  नेपाली कांग्रेस धनुषाले प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवार सिफारिस गरेको छ। 

कांग्रेस जिल्ला सभापति रामसरोज यादवका अनुसार सबै उम्मेदवारको नामावली केन्द्रमा पठाइएको छ। सिफारिस गरिएका मध्ये धनुषा निर्वाचन क्षेत्र नं ३ मा विमलेन्द्र निधिको नाममा मात्रै सहमति भएको छ। 

प्रतिनिधिसभा निर्वाचनका लागि क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ आनन्दप्रसाद ढुंगाना र प्रेमकिशोर साह तथा समानुपातिकतर्फ पुष्पलता लामा, मेघनाथ यादव, पुनमदेवी पंजियार र उपादेवी साहको नाम सिफारिस गरिएको छ । 

प्रदेशसभाका लागि क्षेत्र नं १ को (क)बाट प्रत्यक्षतर्फ हरिनारायण साह, मोहम्मद लियाकत अलि, श्यामनारायण यादव, जगतसुन्दर साह र भोला पंजियार तथा समानुपातिकतर्फ जीतनारायण यादव, मनहरि श्रेष्ठ, निर्मल साह र रेखा साहको नाम सिफारिस गरिएको छ। 

त्यसैगरी, प्रदेशसभाका लागि क्षेत्र नं १ को (ख)बाट प्रत्यक्षमा रामपल्टन साह, श्यामलाल महतो, रामउदय यादव र रामकृष्ण मण्डल तथा समानुपातिकतर्फ राजकिशोर सिंह, रामसत साह र युसुफ नदाफलाई सिफारिस गरिएको छ। 

प्रतिनिधिसभाको निर्वाचन क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ रामकृष्ण यादव र दिनेशप्रसाद प्रसैला तथा समानुपातिकतर्फ मुक्ताकुमारी यादव, सरस्वती चौधरी र राजाराम अरगरियालाई तथा प्रदेशसभा २ को (क)बाट प्रत्यक्षमा विशेश्वर यादव, राजेश्वर गोइत र सुदेशकुमार चौधरीलाई सिफारिश गरिएको छ। 

सो क्षेत्रबाट समानुपातिकतर्फ रामसुन्दर महरा, राजकुमार साह, रामसेवक मण्डल, धर्मनाथ यादव, पुनमलदेवी यादव, सुजितलाल मरिक र शिवेश्वर साफीलाई सिफारिश गरिएको छ। 

त्यसैगरी, प्रदेशसभा क्षेत्र नं २ मा भोला चौधरी, राजदेव यादव, शत्रुधन यादव, शुभनारायण यादव र दुर्गीदेवी मण्डल तथा समानुपातिकतर्फ राजकिशोर सिंह, रामकुमार साफी, सुधीरकुमार गोइत, उत्तिमप्रसाद मण्डल, दिनेशकुमार यादव, लक्ष्मीकुमारी महतो र सवितादेवी रोहितालाई सिफारिश गरिएको छ। 

त्यसैगरी, प्रतिनिधिसभाको समानुपातिकतर्फ स्मृतिनारायण चौधरी, शिवचन्द्र चौधरी, मीनाक्षी झा, लक्ष्मी भण्डारी, प्रमिला दास, धर्मेन्द्र झा र कृष्णा ठाकुर सिफारिशमा परेका छन्। 

प्रदेशसभाको क्षेत्र नं ३ को (क)बाट प्रत्यक्षतर्फ रामसरोज यादवको नाम सिफारिश गरिएको छ। 

त्यसैगरी समानुपातिकतर्फ रामनाथ चौधरी, विनोद यादव, देवचन्द्र झा, अरुणकुमार पंजियार, धीरेन्द्रकुमार निधि, विश्वनाथ ठाकुर, रामललित साह, उर्मिलादेवी यादव, सरेन्द्र पासमान, श्यामकिशोर यादव, सञ्जय लाभ, विनय यादव, नवीन मिश्र, छेदी राउत, कलाधर झा, शम्भुनाथ झा, शंकरकुमार झा, रामतोलादेवी मण्डल, रामकुमार मण्डल, उमेशप्रसाद चौधरी, कल्पना मण्डल, कमलकान्त झा, लियाकत खान पैठान, सावित्री श्रेष्ठ, जयकिसुन पासमान, राजकुमार मण्डल, राजोदेवी, तसलिम मन्सुरी, शिवोदेवी महरा, सीतादेवी मण्डल, रामनाथ यादव र रामसोभित मण्डलको नाम सिफारिश गरिएको छ। 

त्यसैगरी, सो क्षेत्रको २ बाट प्रत्यक्षतर्फ बजरंगप्रसाद साह, दिगम्बर राय, किशोरी साह र उमेशप्रसाद सिंह तथा समानुपातिकतर्फ प्रफुल्लाराज घिमिरे, कन्हैयालाल कर्ण, वैद्यनाथ साह, हरिशंकर साह, निर्मलकुमार चौधरी, मो. शोयब, ईश्वर यादव, रामेश्वर यादव, श्याम साह, अनिलम देवी, सम्झना वर्मा र प्रमिला साहको सिफारिश भएको छ। 

प्रतिनिधिसभाको क्षेत्र नं ४ को प्रत्यक्षतर्फ महेन्द्र यादव, डा चन्द्रमोहन यादव र वासुलाल महतो तथा समानुपातिकतर्पm तुलसा आचार्य, वासीलाल महतो र यज्ञराज शर्मा सिफारिशमा परेका छन्। 

प्रदेशसभातर्फ १ मा प्रत्यक्षतर्फ सन्तोषकुमार यादव, श्रीराम साह र चुन्नीशरण यादव तथा समानुपातिकतर्फ रामवरण पासमान, भोगेन्द्र मिश्र र मकसूदन यादव एवं प्रत्यक्ष २ मा महेन्द्र महता, मदन घिमिरे र श्यामलाल महतो तथा समानुपातिकतर्फ, मीनादेवी पंजियार, अशोक ठाकुर र मोहनकुमार माथेमा सिफारिशमा परेका छन्।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell