PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

रक्षामन्त्रीको प्रश्नः राणा र राजा फाल्ने कांग्रेस कम्युनिष्ट गठबन्धनसँग किन डराउने  ?



पहिलोपोस्ट

रक्षामन्त्रीको प्रश्नः राणा र राजा फाल्ने कांग्रेस कम्युनिष्ट गठबन्धनसँग किन डराउने  ?

काठमाडौँ : रक्षामन्त्री भीमसेनदास प्रधानले मुलुकलाई सम्पन्न बनाउनका लागि कांग्रेस र कम्युनिष्ट दुई राजनीतिक पार्टी मात्र हुनुपर्ने बताएका छन्। 

नागरिक सरोकार समाज तारकेश्वरको शुभकामना आदनप्रदान कार्यक्रममा मन्त्री प्रधानले न्यूनतम राजनीतिक विचार तथा कार्यक्रममा सहमति हुने पार्टीबीच एकता भए देशमा अस्थिरताको अन्त्य हुने बताए।

उनले अब देशको उन्नतिका निम्ति क्षेत्रीय, जातीय र अन्य पार्टीबीच एकीकरण हुनुपर्ने बताए। नेपालका कम्युनिष्टबीचको एकताले कांग्रेसलाई कुनै असर नगर्ने भन्दै मन्त्री प्रधानले राणा शासनदेखि राजासम्मलाई फाल्ने कांग्रेस कम्युनिष्ट गठबन्धनसँग नडराउने बताए। 

संसदीय निर्वाचनमा आफूले क्षेत्र नं ६ बाट नै चुनाव लड्ने बताउँदै उनले भने,‘यो क्षेत्रमा मेरो निकै ठूलो योगदान र लगानी छ, त्यसेले यो क्षेत्रबाट म चुनाव लड्दै छु।’रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell