
नयाँदिल्ली : भारतको प्रमुख प्रतिपक्षी दल भारतीय कंग्रेस पार्टीकी अध्यक्ष सोनीया गान्धीले आफ्नो छोरा राहुल गान्धी चाडै नै पार्टीको अध्यक्ष बन्ने बताएकी छन्।
दिल्लीमा पत्रकारहरुसँग कुरा गर्दै गान्धीले राहुल चाँडै पार्टीको अध्यक्ष बन्ने बताएकी हुन्। उनले भनिन्,‘राहुल कहिले पार्टीको प्रमुख बन्नु हुन्छ भनेर तपाईहरुले मलाई धेरै पहिले देखि सोधीरहनु भएको छ, अब राहुल चाडै नै अध्यक्ष बन्दैछ।’
सोनीया गान्धीले राहुल गान्धीलाई पार्टीको अध्यक्ष पद हस्तान्तरण गरेमा भारतीय कंग्रेस पार्टीको नेतृत्व नेहरु गान्धी परिवारकातर्फबाट चौथो पुस्तामा हस्तान्तरण हुनेछ।
राहुल गान्धी संभवतः दिपावलीपछि भारतीय कंग्रेस पार्टीको अध्यक्ष बन्ने बताइएको छ। राहुल अहिले भारतीय कंग्रेसको उपाध्यक्ष छन्। रासस/सिन्ह्वा