PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

पाकिस्तानमा अपहरण भएको पाँच वर्षपछि क्यानडा फिर्ता



पहिलोपोस्ट

पाकिस्तानमा अपहरण भएको पाँच वर्षपछि क्यानडा फिर्ता

टोरोन्टो/ ओटवा : पाँच वर्षअगाडि पाकिस्तानमा अपहरण भएका अमेरिकी क्यानेडियन नागरिक क्यानडा फर्केको क्यानेडियन सरकारले बताएको छ।

अमेरिकन नागरिक कैट्लन कोलेमन र उसकी श्रीमान क्यानेडियन नागरिक जोसुव वयाल पाकिस्तानको छिमेकी राष्ट्र अफगानस्तानबाट फर्कदै गर्दा २०१२ मा तालिवानको अपहरणमा परेका थिए।

उनीहरु तीन वटा बच्चासहित क्यानडा फर्कदा क्यानेडियन सरकारले उनीहरुलार्इ माया गर्न पाएकोमा खुसी हुनुपर्ने बताएको छ।

यसै अवसरमा उनीहरुको यात्रा पाकिस्तानबाट शुरु भर्इ लण्डन, टोरोन्टो हुँदै क्यानडा आइपुगेको क्यानेडियन संचारमाध्यम सीटीभीले ट्विटमार्फत जानकारी गराएको छ।

फर्कने बेलामा पाकिस्तानमा धेरै हिड्नु परेकाले उनीहरुको एक बच्चाको स्वास्थ्य अवस्था निकै कमजोर भएको वयालले बताएको छ।

क्यानाडा फर्कने क्रममा दक्षिणपश्चिम पाकिस्तानमा उनीहरुले ८० किमी हिड्नु परेको थियो। रोयर्टस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell