PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

सरकारबाट मन्त्री फिर्ता नबोलाउने माओवादीको निर्णय, समर्थन पनि फिर्ता नलिने



आकाश क्षेत्री

सरकारबाट मन्त्री फिर्ता नबोलाउने माओवादीको निर्णय, समर्थन पनि फिर्ता नलिने

काठमाडौं :  नेकपा माओवादी केन्द्रको पार्टी मुख्यालय पेरिसडाँडामा बसेको शीर्ष नेताको बैठकले सरकारबाट आफ्ना मन्त्रीहरु फिर्ता नबोलाउने निर्णय गरेको छ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग चुनावी  तालमेल र एकता प्रक्रियाअघि बढाएको माओवादी केन्द्रले आफू सरकारबाट फिर्ता नहुने निर्णय गरेको हो।

‘हामीले सरकार नछोड्ने निर्णय गरेका छौँ’ माओवादी केन्द्रका नेता रामचन्द्र झाले पहिलोपोस्टसँग भने। सरकारमा नै रहेर माओवादी अगाडि बढ्ने झाले बताए। 

प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपालार्इ सरकारमा ल्याउन लागेपछि माओवादीलार्इ सरकारबाट हटाउनु पर्छ भन्ने कांग्रेसलगायत सत्तापक्ष दलका नेताहरुको सरकार समक्ष माग रहँदै आएको थियो।

प्रधानमन्त्री देउवाले राप्रपाबाट अध्यक्ष कमल थापासहित दिलनाथ गिरी, जयन्त चन्द, विक्रम थापालार्इ मन्त्रीमा र कुन्ती शाही, भाष्कर भद्रा, सुशील श्रेष्ठ र कान्ता भट्टराईलाई राज्यमन्त्रीमा सिफारिश गरेका छन्।

सत्ता साझेदार दल माओवादीले प्रतिपक्षी दल एमालेसँग चुनावी गठबन्धन गरेपछि देउवाले सरकारबाट समर्थन फिर्ता लिर्इसकेको राप्रपालाई सरकारमा ल्याउन लागेको हो।

माओवादीले मन्त्रिपरिषद विस्तारमा असहमति जनाउँदै आएको छ। तर राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् विस्तारका बारेमा कानुनविद् र निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गर्दैछन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell