PahiloPost

May 6, 2026 | २३ बैशाख २०८३

राप्रपा(प्रजातान्त्रिक)ले रेखा थापालार्इ सहमहामन्त्री बनाउने, मनोनितपत्र हस्तान्तरण गर्न बाँकी



पहिलोपोस्ट

राप्रपा(प्रजातान्त्रिक)ले रेखा थापालार्इ सहमहामन्त्री बनाउने, मनोनितपत्र हस्तान्तरण गर्न बाँकी

काठमाडौं : अभिनेतृ रेखा थापालार्इ राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले सहमहामन्त्री बनाउने तयारी गरेको छ। 

संगठन विस्तारका क्रममा अभिनेतृ थापालार्इ पार्टी सहमहामन्त्री बनाउने तयारी गरेको हो। 

‘पार्टी स्थापनाकालदेखि उहाँ सँगै हुनुहुन्छ, पार्टीले उहाँको पद सहमहामन्त्री नै हो भनेर तोकिसकेको छैन तर, कुरा चलिरहेको छ’ पार्टी प्रवक्ता सुरेन्द्र गुरुङले पहिलोपोस्टसँग भने। गुरुङले थापालाई मनोनितपत्र हस्तान्तरण गर्न बाँकी रहेको बताए।

आगामी निर्वाचनमा थापा प्रत्यक्षतर्फ निर्वाचन लड्ने सम्भावना रहेकोसमेत प्रवक्ता गुरुङले बताए।

थापा राप्रपा महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन्। राप्रपा विभाजन भएसँगै उनी राप्रपा(प्रजातान्त्रिक)मा आवद्ध भएकी थिर्इन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell