काठमाडौं : विवेकशील साझा पार्टीले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि थप चार जिल्लामा उम्मेदवारी घोषणा गरेको छ।
पार्टीले भक्तपुर, चितवन, लमजुङ र दोलखा जिल्लामा उम्मेदवारी घोषणा गरेको हो।
पार्टीले प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ भक्तपुर क्षेत्र नं २ बाट शशी विक्रम कार्की, चितवन क्षेत्र नं २ बाट भूपेन्द्र बस्नेत, चितवन क्षेत्र नं ३ बाट शरदराज पाठक, लमजुङबाट निर्देश सिलवाल र दोलखाबाट विजयबाबु शिवाकोटीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
यसअघि विवेकशील साझा पार्टीले काठमाडौं क्षेत्र नं १ बाट रविन्द्र मिश्र र क्षेत्र नं ५ वाट उज्वलबहादुर थापालाई प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फको उम्मेदवार बनाइसकेको छ।