PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

प्रिमियर लिग : युनाइटेड र लिभरपुलले खेले बराबरी



पहिलोपोस्ट

प्रिमियर लिग : युनाइटेड र लिभरपुलले खेले बराबरी

प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा लिभरपुलले म्यानचेष्टर युनाइटेडसंग बराबरी खेल्दै अंक बाँडेको छ।

लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलमा गोलरहित बराबरीमा सकिएको हो। पहिलो हाफमा जोएल मातिपको क्लोज रेन्ज प्रहार युनाइटेडका गोलरक्षक डेविड डे हेएले उत्कृष्ट बचाउ गर्दा लिभरपुल अग्रता लिन चुकेको थियो।

बराबरीपछि म्यानचेष्टर युनाइटेड ८ खेलबाट २० अंक जोड्दै अंक तालिकामा शीर्ष स्थानमा उक्लेको छ। एक खेल कम खेलेको म्यानचेष्टर सिटी १९ अंकका साथ दोस्रो स्थानमा छ। सिटीले आजै स्टोकसंग खेल्दैछ। सिजनको चौथो बराबरी खेलेको लिभरपुल ८ खेलबाट १३ अंक जोड्दै छैटौँ स्थानमा छ।

प्रिमियर लिगमा आजै ६ खेल हुँदैछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell