PahiloPost

Mar 6, 2025 | २२ फागुन २०८१

७३ हजार अमेरिकी डलरसहित विदेशी नागरिक विमानस्थलबाट पक्राउ



सविन ढकाल

७३ हजार अमेरिकी डलरसहित विदेशी नागरिक विमानस्थलबाट पक्राउ

काठमाडौँ : ठूलो परिमाणको विदेशी मुद्रासहित एक विदेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।

७३ हजार ८ सय अमेरिकी डलरसहित तान्जानियाका नागरिक रोबर्ट मिचेल वाइसो शनिबार पक्राउ परेको विमानस्थल सुरक्षा प्रमुख डीआईजी पंकज श्रेष्ठले जानकारी दिए ।

उनी फ्लाइ दुबईको उडानबाट विदेश जान लागेका थिए । थप अनुसन्धान जारी रहेको डीआईजी श्रेष्ठले बताए ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell