.jpg)
काठमाडौं : नवौं विश्व शारीरिक सुगठन च्याम्पियनसिपका पदक विजेता ननिता महर्जन र रुजेश शाहीलाई मनकामना दर्शन प्रा.लि. ले शनिबार नगदसहित सम्मान गरेको छ।
नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका अध्यक्ष समेत रहेका प्रा.लि. का कार्यकारी निर्देशक राजेशबाबु श्रेष्ठले ननितालाई १ लाख र रुजेशलाई ७५ हजार नगद प्रदान गरी सम्मान गरे।
मंगोलियाको उलन्बटारमा अक्टोबर ६ देखि ९ तारिखसम्म भएको प्रतियोगिताको महिला एथलेटिक फिजिक्सको १६० सेन्टीमिटर उचाईंमा ननिताले रजत जितेकी थिइन् भने रुजेशले पुरुष ६० केजीमा कांस्य जितेका थिए।