
क्रिस्टियानो रोनाल्डोले खेल सकिन पाँच मिनेट अगाडी गरेको गोल मद्तमा रियल मड्रिडले ला लिगामा गेटाफेलाई २-१ ले पराजित गरेको छ। जितपछि ८ खेलबाट १७ अंक जोडेको रियल अंक तालिकामा दोस्रो स्थानमा उक्लेको छ।
गेटाफेको मैदानमा करिम बेन्जामाले पहिलो हाफमा गोल गर्दै रियललाई पहिले अग्रता दिलाएका थिए। गेटाफेका जर्ज मोलिनाले दोस्रो हाफमा बराबरी गोल फर्काएका थिए। घरेलु टोलीले रियललाई ८५ मिनेटसम्म बराबरीमा रोकेपनि रोनाल्डोले निर्णायक गोल गरेपछि रियलले ३ अंक जोडेको हव।
सेभिया एथ्लेटिक विल्वाओसंग पराजित भएको फाइदा उठाउँदै रियललले ३ अक जोडेको हो। समान खेलबाट १६ अंक रहेको सेभिया तेस्रो स्थानमा झरेको छ। शतप्रतिशत जित निकालेको बार्सिलोना २१ अंकका साथ शिर्ष स्थानमा आसिन छ र आजै राती एथ्लेटिको मड्रिडसंग भिड्दैछ।