
यस सिजन लगातार ७ खेल जित्दै ला लिगामा उत्कृष्ट शुरुवात गरेको बार्सिलोनाले सिजनको पहिलो बराबरी खेलेको छ।
८२ औँ मिनेटमा लुइस सुवारेजले गोल गरेपछि बार्साले एथ्लेटिको मड्रिडसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको हो। त्यसअघि २१औँ मिनेटमा सउल निगेजले गोल गर्दै घरेलु टोली एथ्लेटिकोलाई अग्रता दिलाए।
बरबरीपछी ८ खेलबाट २२ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा कायम छ जुन दोस्रो स्थानमो रियल भन्दा ५ अंकले बढी हो। रियलको समान खेलबाट १७ अंक भएको छ।