PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

डब्लुसिएल च्याम्पिनयसिप : नेपाल र हङकङबीचको खेल स्थगित, सोमबार हुने



पहिलोपोस्ट

डब्लुसिएल च्याम्पिनयसिप : नेपाल र हङकङबीचको खेल स्थगित, सोमबार हुने

काठमाडौं : आइसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र हङकङबीच आज हुने भनिएको खेल नहुने भएको छ।

सामुन्द्रिक आँधी (टाइफुन ८) का कारण सुरक्षित रहनको लागि खेल स्थगित गरिएको हङकङको अफिसियल फेसबुक र ट्वीटरमा उल्लेख गरिएको छ।
 

हङकङको दक्षिणी भागमा शनिबार टाइफुन ३ को सिग्नल राखिएको थियो भने आइतबार बिहानसम्म टाइफुन ८ आउन सकिने र त्योसो भए खेल हुन नसक्ने पूर्व जानकारी थियो। यस्तै आइतबार दिउँसो वर्षासमेत हुन सक्ने हङकङ मौसम विभागको अनुमान छ।

अब नेपाल र हङकङबीचको खेल सोमबार रिजर्भ डे मा खेलाइने भएको छ।

शुक्रबार भएको पहिलो खेलमा हङकङसँग ८३ रनले पराजित भएको नेपालका लागि च्याम्पियनसिपको शीर्ष चारमा पर्ने होड कायम राख्न यो खेल जित्नैपर्ने दबाब रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell