PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

सरकारी सेवाको अवसरः नेपाल एयरलाइन्सले माग्यो १०६ कर्मचारी

सरकारी सेवाको अवसरः नेपाल एयरलाइन्सले माग्यो १०६ कर्मचारी

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ:  नेपाल वायुसेवा निगमले खुला प्रतिस्पर्धाबाट १०६ जना कर्मचारीको पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। लोकसेवा आयोगको सहमतिमा निगमले आइतबार पदपूर्ति सूचना प्रकाशित गरेको हो।

खुला तथा समावेशी रुपमा पदपूर्ति हुनेछ। निगमले तह ७ को वरिष्ठ प्राविधिक अधिकृतदेखि तह ४ को ग्राउण्ड इक्विपमेन्ट अपरेटरसम्मका पदमा दरखास्त आह्वान गरेको हो। वरिष्ठ प्राविधिक अधिकृतमा तह ७ खुला ४ सहित ८ जनाका लागि दरखास्त आह्वान भएको छ।

सबैभन्दा बढी सामान्य प्रशासन (अधिकृत) तर्फ खुला १२ सहित २२ जनाका लागि दरखास्त आह्वान भएको छ। सामान्य प्रशासन तह ५ मा खुला र समावेशी गरी १४ जनाका लागि दरखास्त आह्वान भएको हो।

परीक्षा दस्तुर तह ४ र ५ का लागि पाँच सय रुपैयाँ तोकिएको छ। तह ६ र ७ का लागि सात सय रुपैयाँ कायम गरिएको छ। एकभन्दा बढी समूहमा दरखास्त दिँदा थप रकम लाग्नेछ।

फाराम भर्ने मिति प्रथम पटक सूचना प्रकाशित भएको २०७४ असोज २९ गतेदेखि २१ दिनसम्म तोकिएको छ।

हेर्नुस् विज्ञापन  



ट्रेन्डिङ पोस्ट

Ncell