
काठमाडौँः एमबीबीएस प्रवेश परीक्षामा चिट चराउने गिरोहका थप सात जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखा र काठमाडौँ परिसरको संयुक्त प्रयासमा थप सात अभियुक्त पक्राउ परेका हुन्।
प्रहरीले काठमाडौँको कमलपोखरीबाट ६ र स्वयम्भुबाट १ जनालाई पक्राउ गरेको परिसर प्रमुख एसएसपी रवीन्द्र धानुकले जानकारी दिए।
यसअघि शनिबार प्रहरीले चिट चोराउने कार्यमा संलग्न र विद्यार्थी गरी १३ जनालाई पक्राउ गरेको थियो।