PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

निवर्तमान उपसभामुख गंगाप्रसाद यादव एमालेमा प्रवेश



पहिलोपोस्ट

निवर्तमान उपसभामुख गंगाप्रसाद यादव एमालेमा प्रवेश

काठमाडौँः संसद्को कार्यकाल समाप्त भएको भोलिपल्टै निवर्तमान उपसभामुख गंगाप्रसाद यादव नेकपा एमालेमा प्रवेश गरेका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा यादवलाई अध्यक्ष ओलीसहितका नेताले पार्टी प्रवेश गराएका हुन्। यादव तत्कालीन राप्रपा नेपालका तर्फबाट उपसभामुखमा निर्वाचित भएका थिए। उनी राप्रपाका समानुपातिक सदस्य थिए।

एमाले अध्यक्ष ओली, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ तथा महासचिव इश्वर पोखरेल लगायतका नेताको उपस्थितिमा यादवलाई पार्टी प्रवेश गराइएको हो।

यादव २०७२ असोज २९ गते उपसभामुखमा निर्वाचित भएका थिए। राप्रपाका संस्थापक नेतामध्येका एक उनी पूर्वप्रधानपञ्च समेत हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell