PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

चीनमा नेशनल कंग्रेसको चुनावः स्थानीय बासिन्दाबाहेक अन्यलाई केरुङ जान रोक



पहिलोपोस्ट

चीनमा नेशनल कंग्रेसको चुनावः स्थानीय बासिन्दाबाहेक अन्यलाई केरुङ जान रोक

रसुवा : नेपालको उत्तरी सीमा रसुवागढी नाकाबाट स्थानीय बासिन्दाबाहेक अन्यलाई केरुङ जान रोक लगाइएको छ। 

सहायक प्रमुख जिल्ला अधिकारी स्मीता पौडेलका अनुसार आगामी कात्तिक १ गतेदेखि चीनमा हुने नेशनल कंग्रेसको चुनावलाई मध्यनजर गर्दै घुम्न केरुङ जाने नेपालीलाई मितेरी पुलबाट नछोड्न चिनियाँ अधिकारीले आग्रह गरेका कारण केही समयका लागि अस्थायी पास भएका व्यक्तिलाई केरुङ जान रोक लगाइएको हो। 

सामान लिने कन्टेनर र स्थायी पास भएका रसुवाका बासिन्दा भने निर्वाधरुपमा आवतजावत भइरहेको सहायक प्रजिअ पौडेलले बताइन्। 

नेपाली बजारका लागि सामान लिन केरुङ गएका ट्रक र कन्टेनर भने फाटफुटरुपमा भन्सारमा भित्रिरहेका तर अन्य थप जानकारी चिनियाँ पक्षले सीमा क्षेत्रमा जानकारी नगराएको जिल्ला प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीले जानकारी दिए।रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell