गौशाला : प्रहरीले पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबासबाट १५ किलो गाँजासहित आज बिहान तीन जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार बर्दिबास–५ स्थित सडकमा रोकिराखेको रात्रि बसबाट १४ किलो ८४० ग्राम गाँजा बरामद गरिएको हो।
काठमाडौंबाट महोत्तरीको औरही गाउँपालिका, सोनामाईमा आइरहेको ना ६ख ५४३४ नम्बरको सोनामाई डिलक्सको बसलाई इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिगएको प्रहरी टोलीले शंका लागि चेकजाँच गरेको थियो।
प्रहरीले गाँजासहित बसका चालक, सहचालक र अर्का एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ।रासस