
नेपोलीले इटालियन सिरी एमा जितेको श्रृंखला ८ खेलसम्म पुर्याएको छ। यता साविक विजेता युभेन्ट्सले सिजनको पहिलो हार बेहवरेको छ।
लगातार आठौँ जित हात पार्ने क्रममा नेपीले रोमालाई उसैको मैदानमा १-० ले हरायो। नेपोलीको शतप्रतिशत जितमा लेरेन्जो इनसिग्नेले एक मात्र निर्णायक गोल गरे।
जितपछि ८ खेलबाट २४ अंक जोडेको नेपोली अंक तालिकामा शीर्ष स्थानमा आसिन छ।
यता इन्जुरी टाइममा प्राप्त पेनाल्टी पाउलो डिबलाले चुकाउँदा साविक विजेता युभेन्ट्स लाजियोसंग २-१ ले पराजित भएको छ। एक गोलले पछि परेको अवस्थामा उल्टाउादै लाजियोका लागि दुवै गोल सिरो इम्मोबाइलले गरे।
इन्जुरी टाइममको सातौँ मिनेटमा युभेन्ट्रका डिबलाले प्रहार गरेको पेनाल्टी लाजियोका गोलरक्षक थोमस स्ट्राकोसाले बचाउ गरे।
घरेलु मैदानमा डुगलास कोस्को गोलमार्फत पहिलो हाफमा हाफमा १-० को अग्रता बनाएपछि युभेन्ट्सले त्यसलाई कायम राख्न सकेन। दोस्रो हाफमा इम्मोबाइलले दुई गोल गर्दै लाजियोलाई अग्रता दिलाए। युभेन्ट्स बराबरी गर्ने मौका पाएपछि डिबलाले पेनाल्टी चुकाउँदा हार बेहोर्न बाध्य भयो।
हारका बावजुतपनि ८ खेलबाट १९ अंक रहेको युभेन्ट्स दोस्रो स्थानमा यथावत छ। युेभन्ट्स समान १९ अंक नै जोडेको लाजियो गोल अन्तरमा पछि पर्दै तेस्रो स्थानमा छ।