PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

राष्ट्रपति भण्डारीद्वारा विभिन्न दश वटा विधेयक प्रमाणीकरण



पहिलोपोस्ट

राष्ट्रपति भण्डारीद्वारा विभिन्न दश वटा विधेयक प्रमाणीकरण

काठमाडौं :  राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका संसदबाट पारित भई आएका विभिन्न दश वटा  विधेयक प्रमाणीकरण गरेकी छन्।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रिय दलित आयोग विधेयक, अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी विधेयक, स्थानीय सरकार सञ्चालन विधेयक, थारु आयोग विधेयक, प्रधान न्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्त सम्बन्धी विधेयक, उच्च अदालत तथा जिल्ला अदालतका न्यायाधीशहरुको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्त सम्बन्धी विधेयक, राष्ट्रिय महिला आयोग विधेयक, मुस्लिम आयोग विधेयक, कर्मचारी समायोजन विधेयक र राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०७४ प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell