आमिर खान स्टारर तथा निर्मित फिल्म 'सिक्रेट सुपरस्टार'ले पारिवारिक बन्धनका कारण लुकेर आफ्नो गायन कला सार्वजनिक गर्ने बालिकाको कथा देखाउँछ। चर्चित गायिका बन्ने सपना पूरा गर्न उनले युट्युबलाई माध्यम बनाउँछिन्। तर उनी बुर्का लगाएर, अनुहार लुकाएर मात्र सार्वजनिक हुन्छिन्। कथा काल्पनिक हो भन्दै आइएको छ। बलिउड हंगामाले जनाए अनुसार फिल्मको कथा नाहिद आफ्रिनको जीवन कथामा आधारित हो। तर यो कुरालाई फिल्म युनिटले बाहिर ल्याउन चाहेको छैन।
नाहिद आफ्रिनले सन् २०१६ सार्वजनिक फिल्म अकिरामार्फत पार्श्व गायन सुरु गरिन्। तर उनको त्यसअघिको सांगीतिक यात्रा सहज भने रहेन। उनलाई धार्मिक नियम विपरित सार्वजनिक स्थलमा गीत गाउँदै हिडेको भन्दै कथित नियम 'फत्वा' लगाइयो। फत्वा इस्लाम धर्ममा दिइने सजायको प्रकार मानिन्थ्यो। जसमा उक्त धर्म मान्नेहरुले नाच्ने, गाउने तथा अन्य प्रस्तुती दिन पाउँदैनन्। तर पछि यो नियम शास्त्रमा नरहेको बताए पछि उनी संगीतमा अगाडी बढिन्। असामकी आफ्रिन इन्डियन आइडल जुनियर २०१५ की विजेता समेत हुन्। आफ्रिनले २०१७ मा मात्र प्रेरणा अवार्ड र गाना अधिकारी प्रमिसिङ आर्टिस्ट अवार्ड हात पारी सकिन्।
‘सीक्रेट सुपस्टार’मा जायरा वसीम, आमिर खान, राज अर्जुन र मेहर विजको अभिनय रहेको छ। अद्वैत चन्दनको लेखन तथा निर्देशनमा फिल्म बनेको हो। बनेको फिल्म ‘सीक्रेट सुपस्टार’ १९ अक्टूबरबाट प्रदर्शनमा आउँदैछ।