
काठमाडौ : बालाजु वृत्तका डिएसपी नवीनकृष्ण भण्डारी ५ लाख रुपैयाँ घुस लिंदै गर्दा पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले महानगरीय प्रहरी वृत्त बालाजुका प्रमुख डिएसपी नवीनकृष्ण भण्डारीलाई ५ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको हो।
डिएसपी भण्डारीलाई आइतबार प्रहरी कार्यालयबाटै घुससहित रंगेहात पक्राउ गरिएको अख्तियार स्रोतले जनाएको छ।
अपहरण मुद्दा मिलाइदिने भन्दै डिएसपीले ५ लाख घुस लिएको अख्तियार स्रोतले जानकारी दियो। डिएसपी भण्डारीलाई अख्तियारले हिरासतमा राखी थप अनुसन्धान अघि बढाएको छ। केही वर्षअघि डिएसपी दयनिधि ज्ञवाली ललितपुरबाट र नयाँ बानेश्वरबाट रमेश तामाङ पनि पक्राउ परेका थिए।
असोज ९ गते बालाजु प्रहरीले काठमाडौं बानेश्वरका एक व्यक्तिलाई छाड्नका लागि २० लाख रकम घुस माग गरी ५ लाख रुपैयाँ लिएकोमा रंगेहात असई चन्द्रसिंह भाटलाई पक्राउ गरेको थियो।