PahiloPost

Aug 7, 2026 | २२ साउन २०८३

कांग्रेस र लोकतान्त्रिक फोरमबीच एकीकरण हुँदै, साढे पाँच बजे बालुवाटारमा घोषणा गरिने



पहिलोपोस्ट

कांग्रेस र लोकतान्त्रिक फोरमबीच एकीकरण हुँदै, साढे पाँच बजे बालुवाटारमा घोषणा गरिने

काठमाडौं :  नेपाली कांग्रेस र विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमबीच आज पार्टी एकीकरण हुने भएको छ। 

प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार आज साँझ साढे पाँच बजे प्रधानमन्त्री निवास बालुवाटारमा दुई पार्टीबीच एकीकरण हुने भएको हो। 

कांंग्रेसबाट छुट्टिएर मधेसी जनअधिकार फोरम नेपाल प्रवेश गरेका गच्छदारले पछि फोरम नेपालबाट अलग्गिएर मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) गठन गरेका थिए। पार्टीको नाम पछि नेपाल लोकतान्त्रिक फोरम राखिएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell