PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

'ह्याप्पी न्यू इयर'को पहिलो गीत सार्वजनिक

'ह्याप्पी न्यू इयर'को पहिलो गीत सार्वजनिक

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं: फिल्म 'ह्याप्पी न्यू इयर'को पहिलो गीत सार्वजनिक भएको छ। पुष १४ रिलिज हुने फिल्मको ‘चङ्गा सरी उड्दै छ यो मन’ बोलको गीत भिडियो सहित आइतबार सार्वजनिक गरिएको हो।

विनोद ढकालको शब्द तथा संगीत रहेको गीतमा नारायण बस्नेतको स्वर छ। मुख्य दुई कलाकार सन्ध्या केसी र कुशल थापाको फिचरिङ रहेको भिडियोलाई रोहन नेपालीले निर्देशन गरेका हुन्।

नयाँ वर्षको माहोलमा घटेको एक घटनालाई कथाबस्तु बनाएको फिल्म 'ह्याप्पी न्यू इयर'को सम्पूर्ण छायांकन अस्ट्रेलियामा गरिएको हो। देव कुमार श्रेष्ठ निर्देशित फिल्मलाई आरके एम प्रोडक्सनको ब्यानरमा निर्मित फिल्ममा राती थापाको लगानी छ। लभस्टोरी जनराको यो फिल्ममा कुशल थापा, पुकार गौतम, सन्ध्या केसी, इश्वर थापा, पदम शाक्य लगायतका कलाकारको अभिनय छ। अस्ट्रेलियन छायाँकार बेन्जामिन ड्रेको छायाँकन, विनोद ढकाल र टंक बुढाथोकीको संगीत र कुशल थापाको कथा छ। 



ट्रेन्डिङ पोस्ट

Ncell