PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

फिल्म ‘ऐश्वर्य’को प्रचार यात्रा पोखराबाट सुरु



पहिलोपोस्ट

फिल्म ‘ऐश्वर्य’को प्रचार यात्रा पोखराबाट सुरु

आउँदो कार्तिक ९ गतेबाट प्रदर्शनमा आउने फिल्म ’ऐश्वर्य’ ले मोफसल यात्रा सुरु गरेको छ। प्रचारका लागि फिल्म युनिटले देशको विभिन्न सहरमा पत्रकार सम्मेलन गर्ने भएको हो। जसको सुरुवात पोखराबाट भएको छ।

आइतबार बिहान पोखरामा कास्की चलचित्र पत्रकार संघको आयोजानमा सम्पन्न कार्यक्रममा फिल्मका अभिनेता रमेश उप्रेती , प्रशान्त ताम्राकार , निर्मल शर्मासंगै अभिनेत्री दीपिका प्रसाईंको उपस्थिति रहेको थियो। कार्यक्रममा निर्माता तथा अभिनेता रमेश उप्रेतीले भने,’नेपाली फिल्मको दर्शक मोफसलमा उल्लेखनिय छ। जहाँ फिल्म प्रचारको आवश्यकता छ। दर्शक नजिक आएर आफ्नो फिल्म बारे जानकारी दिनु नै हाम्रो मुख्य उदेश्य हो।‘

पोखराबाट सुरु भएको यात्रा चितवन हुदै हेटौडा पुगेर सकिने निर्माण पक्षको भनाइ छ। दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा केकी अधिकारी , अर्जुन श्रेष्ठ , केशव भट्टराई , अर्जुन जंग शाही लगायतको अभिनय रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell