PahiloPost

Aug 7, 2026 | २२ साउन २०८३

काश्मिरमा फेरि तनाव, भारतीय प्रहरीको गोली प्रहारबाट एक पाकिस्तानी नागरिकको मृत्यु



पहिलोपोस्ट

काश्मिरमा फेरि तनाव, भारतीय प्रहरीको गोली प्रहारबाट एक पाकिस्तानी नागरिकको मृत्यु

पाकिस्तान :  भारत पाकिस्तान सीमाक्षेत्र काश्मिरमा आइतबार भएको गोली हानाहानमा एकजनाको मृत्यु भएको छ। 

भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागि पाकिस्तानी नागरिकको मृत्यु भएको पाकिस्तानी पक्षले जनाएको छ। घटनामा अरु पाँच जना घाइते भएका छन्। 

घाइते हुनेमा चार जना बालबालिका छन्। काश्मिरको सत्ताल र निक्ल क्षेत्रमा भारतीय प्रहरीको गोली लागेर एकजना पाकिस्तानी नागरिकको मृत्यु भएको हो। 


गत मङ्गलबार मात्र पनि भारत अधिनश्थ काश्मिरमा रहेको भारतको अर्धसैन्य बलको चेकपोष्टमा सशस्त्र हतियारधारीले आक्रमण गरी तीन जना भारतीय सुरक्षाकर्मीको हत्या गरेका थिए। 

सो आक्रमणमा पाकिस्तानी आतंककारी समूहको हात रहेको भारतीय पक्षले आरोप लगाएको छ। सो क्षेत्रमा गत महिना पनि दुवै पक्षका सेनाबीच गोली हानाहान भएको थियो। रासस/सिन्ह्वा

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell