PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

लागूऔषध विरुद्ध मन्त्र ब्यान्डको कन्सर्ट



पहिलोपोस्ट

लागूऔषध विरुद्ध मन्त्र ब्यान्डको कन्सर्ट

‘से नो टु ड्रग्स’ नारा लिएर झापाको शिवसताक्षी ८ स्थित डुडामारी चोकमा ‘दोश्रो म्युजिकल इभ लाइभ इन कन्सर्ट’को सम्पन्न भयो। कन्सर्टको केन्द्रमा रह्यो सांगीतिक ब्यान्ड ‘मन्त्र’।

मन्त्र ब्यान्डले करिव डेढ घण्टा प्रस्तुती दियो। मन्त्रले ‘संस्कृति’,‘तर हुरुरु पानी पर्छ’, ‘रिमझिम रिमझिम झरीमा’, ‘तिम्रै निम्ती’, ‘सपना’, ‘मैले माया लाए’, ‘वीर गोर्खाली’ लगायत आफ्ना लोकप्रिय गीत प्रस्तुत गर्‍यो।

लागूपदार्थ दुव्र्यशनको विरुद्ध सबैको सहभागिता जुटाउने उद्देश्य लिएर प्रगतिशिल समाजसेवी युवा क्लबले आयोजना गरेको कन्सर्टमा मन्त्रका अलावा गायिका दिपा लामा, गायक साक्थिम योङयाले पनि प्रस्तुति दिएका थिए। स्थानिय सिग्नेचर ब्यान्डले पनि प्रस्तुती दिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell