
काठमाडौं : इरानमा भइरहेको एएफसी फुटसल च्याम्पियनसि क्वालिफायरमा नेपालले उज्वेकिस्तानसंग फराकिलो हार बेहोरेको छ।
पहिलो पटक अन्तर्राष्ट्रिय फुटसल प्रतियोगिता खेलिरहेको नेपाल उज्वेकिस्तानसंग १४-१ को अन्तरले पराजित भएको हो।
इरानको तावरिजमा भएको साउथ एण्ड सेन्ट्रल जोनको समूह ए को खेलमा नेपालका लागि कप्तान सुरज कुमार राउतले एक मात्र गोल गरे।
उज्वेकिस्तानको जितमा दिलसोभ रहमातोभले ह्याट्रिक गरे भने डाभ्रोन चोरिच, अर्तुर युनुसोभ र दिलमुरोद साभकातोभले २-२ गोल गरे। यस्तै फरहोद अबदुमाभलोनोभ, दाभरोन अबदुराखमानोभ र अनासकोन राखमातोभले १-१ गोल गरे। नेपालका सौरभ मगरले एक आत्मधाती गोल गरे।
नेपाले क्वालिफायरको दोस्रो खेलमा सोमबार कीर्गिस्तानसंग खेल्नेछ।