PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

जो वैशाखी टेकेर बन्दसूची बुझाउन आए



आकाश क्षेत्री

जो वैशाखी टेकेर बन्दसूची बुझाउन आए

काठमाडौँ : वैशाखीको सहाराले निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा आइपुगेका सतुंगलका नीलकण्ठ पौडेलको हातमा धरौटीको रकम बुझाएको रसिद थियो। बन्दसूची बुझाएपछी उनी चिच्याए- 'अब अपाङ्ग पनि सांसद हुनेछन्।'

आइतबार प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूची बुझाउन आयोग परिसरमा घुइँचो थियो। 

वैकल्पिक राष्ट्रवादी गठबन्धनको तर्फबाट उनी बन्दसूची बुझाउन निर्वाचन आयोग आएका थिए। १२ वटा पार्टीको गठबन्धनको प्रवक्ता समेत रहेका नीलकण्ठ आम नेपाली पार्टीका अध्यक्ष हुन्। आफ्नो पार्टीले अपाङ्गता र समाजमा पिछडिएका मानिसहरुको आवाज उठाउँदै आएको उनी बताउँछन्। 

१२ दलको संयोजनबाट बनेको वैकल्पिक राष्ट्रवादी गठबन्धनमा समानुपातिक सूचीमा नीलकण्ठको नाम पहिलो नम्बरमा रहेको छ।  

'नेपालमा अपाङ्गता भएका व्यक्तिहरुलाई हेपाहा दृष्टिले हेरिन्छ। उनीहरु कुनै पनि कुरामा अब्बल हुनसक्छन् भन्ने कुरालाई विश्वास गरिँदैन,' नीलकण्ठ भन्छन् 'म अपाङ्ग भएर पनि संसदमा गएर देखाउँछु।'    
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell