PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

गच्छदारको लोकतान्त्रिक फोरमसित कांग्रेसको एकता भोलि हुने, सहमतिको ड्राफ्ट तयार



रमेश वाग्ले

गच्छदारको लोकतान्त्रिक फोरमसित कांग्रेसको एकता भोलि हुने, सहमतिको ड्राफ्ट तयार

काठमाडौँ : आजै साँझ साढे पाँच बजे विजयकुमार गच्छदारको नेपाल लोकतान्त्रिक फोरम र नेपाली कांग्रेसबीच एकता घोषणा हुने भनिए पनि राति बल्ल सहमतिको मस्यौदा तयार भएको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा राति साढे सात बजे बल्ल गच्छदार आइपुगेका थिए। उनी निर्वाचन आयोगबाट सीधै बालुवाटार आएका थिए। 

बालुवाटारमा तयार भएको सहमतिको मस्यौदामा भोलि बिहान ११ बजे औपचारिक कार्यक्रम गरी हस्ताक्षर हुने भएको छ। 

बालुवाटारमा गच्छदारले सञ्चारकर्मीहरुसित केही प्रतिक्रिया दिएनन्। 

स्रोतका अनुसार गच्छदारको पार्टीबाट नेपाली कांग्रेसले ६ जनाको नाम समानुपातिक सूचीमा राखेको छ। प्रदेशबाट पनि समुचित प्रतिनिधित्व गराउने सहमतिमा उल्लेख भएको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell