PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

कमल थापाले भने -प्रवासी नेपालीका समस्या समाधानका लागि हातेमालो गर्न तयार छौं 



पहिलोपोस्ट

कमल थापाले भने -प्रवासी नेपालीका समस्या समाधानका लागि हातेमालो गर्न तयार छौं 

काठमाडौ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापाले राप्रपाले कुनै पार्टी भन्दा प्रवासी नेपालीको समस्या हेर्ने दृष्टिकोणमा कमी नरहेको बताएका छन्।

राप्रपा प्रवास विभागद्वारा आयोजित कार्यक्रममा राप्रपा समर्थित प्रवासी नेपालीहरूसँगको अन्तरक्रियामा अध्यक्ष थापाले राप्रपाले प्रवासी नेपालीको हरेक समस्यामा हातेमालो गर्दै साथ दिएको र भविष्यमा पनि साथ दिने बताए।

उनले राष्ट्रियता,  प्रजातान्त्रिक स्थायीत्व र आर्थिक समृद्धिमा प्रवासी नेपालीको संस्था एनआरएनको भुमिकाको प्रशंसा गरे।

कार्यक्रममा राप्रपा सहमहामन्त्री प्रेमकुमार श्रेष्ठ,अमेरिकाका श्री पराजुली, पोर्चुगलका रमेशराज वास्तोला, अष्ट्रेलियाका स्वतन्त्र प्रताप शाह लगायतले  सम्वोधन गरेका थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell