PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

मोगादिशु विष्फोटमा मृत्यु हुनेको सङ्ख्या २३० पुग्यो



पहिलोपोस्ट

मोगादिशु विष्फोटमा मृत्यु हुनेको सङ्ख्या २३० पुग्यो

मोगादिसु :  सोमालियाको राजधानीमा रहेको मोगादिशु सफारी होटेलमा शनिबार भएको विष्फोटमा परी मृत्यु हुनेको संख्या २३० पुगेको छ। 

अन्य सयौं घाइते भएका छन्। स्वास्थ्य अधिकारीहरुले हताहतीको संख्या अझै बढ्न सक्ने जनाएका छन्।

उक्त घटना एक दशकअघि अल शबाबले विद्रोह शुरु गरेयता सर्वसाधारणमाथि भएको सबैभन्दा खराब आक्रमण भएको बताइएको छ।

बम विष्फोटमा सवारी साधनका साथै होटल, सरकारी भवन र रेष्टुराँलगायतका भवन ध्वस्त भएका थिए।

त्यहाँस्थित एउटा अस्पतालका निर्देशक मोहम्मद युशुफ हसनले भने, ‘शनिवार जे भयो त्यो अकल्पनीय थियो। मैले यसअघि यस्तो कहिल्यै देखेको थिइन। असंख्य मानिसले ज्यान गुमाए। लाशहरु नचिनिने गरी डढेका छन्।’

विष्फोटको कुनै समूहले पनि जिम्मेवारी लिएको छैन। बीबीसी
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell