PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

वर्षाका कारण नेपाल र हङकङबीचको खेल डिले, आज पनि हुने सम्भावना कम



पहिलोपोस्ट

वर्षाका कारण नेपाल र हङकङबीचको खेल डिले, आज पनि हुने सम्भावना कम

काठमाडौं: वर्ल्ड क्रकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र हङकङबीच आज हुने भनिएको दोस्रो खेल वर्षाका कारण डिले भएको थियो। आइतबारका लागि खेल तय भए पनि सामुन्द्रिक आँधीका (टाइफुन)  कारण खेल आजलाई सारिएको थियो।

सोही टाइफुनका कारण आज पनि हङकङमा वर्षा भइरहेको छ। त्यसैले खेल समयमा सुरु हुन नसकेको हो। निरन्तर वर्षा भए नेपाल र हङकङबीचको आजको खेल पनि प्रभावित हुने पक्का छ र खेल हुने सम्भावना अत्यन्त न्यून छ। यदि माैसममा सुधार अाए ओभर घटाएर खेल हुनेछ।

पहिलो खेलमा हङकङसँग ८३ रनले पराजित भएको नेपालका लागि शीर्ष चारको लक्ष्य कायम राख्न दोस्रो खेल जित्नै पर्ने चुनौती छ। तर अब खेल नभए भने नेपाल र हङकङले १-१ अंक बाँड्नेछ। यस्तो भए नेपाल युएईसँग अन्तिम चरणको दुई खेल्नुअघि नै डिभिजन टू'मा घटुवा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell