PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

मिलान डर्बी : माउरो इकार्डीको हयाट्रिकमा इन्टरको जित



पहिलोपोस्ट

मिलान डर्बी : माउरो इकार्डीको हयाट्रिकमा इन्टरको जित

इटालियन सिरी ए  अन्तर्गत गएराती भएको मिलान डर्बी खेलमा इन्टर विजयी भएको छ। कप्तान माउरो इकार्डीले शानार ह्याट्रिक गरेपछि गुसेपे मेज्जा मैदानमा इन्टरले एसी मलानलाई ३-२ ले हरायो।

खेलको अन्तिम समयसम्म २-२ को बराबरीमा रहेनि ९०औँ मिनेटमा प्राप्त पेनाल्टीमा गोल गर्दै इकार्डीले इन्टरले तीन अंक दिलाए। त्यसअघि इकार्डीले २८औँ र ६३औँ मिनेटमा गोल गरेका थिए।

एसी मिलानका लागि ५६औँ मिनेटमा सुसोले गोल गरेका थिए भने ८६औँ मिनेटमा इन्टरका गोलरहक्षले समिर हान्डानोऐकले आत्मघाती गोल उपहार दिए।

जितपछि ८ खेलबाट अपराजित रहदै २२ अंक जोडेको इन्टर अंक तालिकामा दोस्रो स्थानमा उक्लेको छ। यता १२ अंक मात्र रहेको एसी मिलान दशौँ स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell