PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

नेपाल भर्सेस हङकङ : पानी रोकियो, खेल हुने संकेत



पहिलोपोस्ट

नेपाल भर्सेस हङकङ : पानी रोकियो, खेल हुने संकेत

काठमाडौं : वर्षा रोकिएर घाम लाग्न शुरु भएपछि वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र हङकङको खेल ढिलो शुरु हुने संकेत देखिएको छ।

सोमबार बिहान वर्षाका कारण नेपाल र हङकङ बीच तोकिएको समयमा खेल शुरु हुन सकेको थिएन।

खेल हुने स्थल हङकङको मिसन रोडस्थित मोङ कोकमा अहले घाम लाग्न शुरु भएको छ। अम्पायरले स्थानिय समय अनुसार दिउँसो २:४७ (नेपाली समय २:३२) बजे मैदान निरिक्षणपछि खेल हुने नहुने घोषणा गर्नेछन्।

खेल शुरु भएको खण्डामा ओभर घटाएर खेलाइनेछ।

टाइफुन ८ निरन्तर वर्षाका कारण आइतबार तय भएको नेपाल र हङकङको खेल आजको लागि सारिएको थियो।

शुक्रबार भएको पहिलो खेलमा नेपाल ८३ रनले पराजित भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell