PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

बन्दसूची बुझाउने दिन निर्वाचन आयोगमा देखिएका ४ दृष्य



आकाश क्षेत्री

बन्दसूची बुझाउने दिन निर्वाचन आयोगमा देखिएका ४ दृष्य

दृष्य १: समयप्रति सजग साना दल

निर्वाचन आयोगको कार्यालय कान्तिपथमा आइतबार ५५ दलहरुले बन्दसूची बुझाए। बन्दसूची बुझाउने दलहरुमा साना दलहरु समयप्रति सजग देखिए।

सूची तयारीमा समय लागेका कारण अधिकांश ठूला दलहरुले ५ बजेअघि धरौटीको रकम बुझाएर राति मात्र बन्दसूची बुझाएका थिए। यही कारणले निर्वाचन आयोग ठूला दलसँग सन्तुष्ट थिएन।

बिहान १० बजे सबैभन्दा पहिले राष्ट्रिय यथार्थवादी पार्टी नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ ११ उम्मेदवारको बन्दसूची बुझाएको थियो।


दृष्य २: ठूला दलहरुलार्इ सकस

आयोगमा बन्दसूची बुझाउन आएका ठूला दलका नेताहरु निर्वाचन आयोगको प्रक्रियाप्रति दिक्क देखिन्थे। समानुपातिक सूची बुझाउँदा अलमल हुने प्रक्रिया भएकाले नेताहरुलाई सूची मिलाउन हम्मेहम्मे परेको थियो।

कानुनअनुसार दलहरुले आदिवासी जनजाति, खस-आर्य, दलित, महिलालगायतका समुदायको समानुपातिक समावेशी प्रतिनिधित्व हुने गरी बन्द सूची मिलाएर तयार पार्नुपर्नेछ। बन्दसूचीमा खस-आर्य ३१.२ प्रतिशत, दलित १३.८ प्रतिशत, मुस्लिम ४.४ प्रतिशत, थारु ६.६ प्रतिशत, आदिवासी जनजाति २८.७ प्रतिशत हुनुपर्छ  र सूचीमा महिला र पिछडिएको क्षेत्रबाट पनि प्रतिनिधित्व अनिवार्य रुपमा गराउनुपर्छ।

 

दृष्य ३: मध्यरातसम्म खुल्यो निर्वाचन आयोग

निर्वाचनम आयोगले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म बन्दसूची पेश गर्ने समय तोकेको थियो। तर, दलहरुले बन्दसूची पेश गर्न ढिलाइ गरेपछि निर्वचन आयोग रातिसम्म खुल्यो। आयोगका कर्मचारीहरु आधा रातसम्म काममै व्यस्त भए। धरौटीको रकम बुझाएपछि दलहरुले आयोगमै बसेर सूची तयार पारे।


दृष्य ४: नयाँ दलको चमक

विवेकशील साझा पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि बन्दसूचीमा ३६ जना सदस्यको नाम बुझायो। विवेकशील साझाका तर्फबाट प्रवक्ता सूर्यराज आचार्यले बन्दसूची निर्वाचन आयोगमा बुझाएका थिए। सातवटै प्रदेशका लागि पनि उम्मेद्वारको सूची बुझाएको दाबी आचार्यको छ।

१२ दलको संयोजनमा बनेको वैकल्पिक राष्ट्रवादी गठबन्धनले समानुपातिक बन्दसूची आयोगमा बुझाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell